मन्त्री साहले फुलकाहामा गरे मतदान

मन्त्री साहले फुलकाहामा गरे मतदान

महोत्तरी : मधेस प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले महोत्तरीको गौशालास्थित श्रीमावि भेडियाही फुलकाहा मतदान केन्द्रबाट मतदान गरेका छन्। शुक्रवार दिउँसो मन्त्री साहले मतदान केन्द्रमा गई मतदान गरिएको हो।

मतदान गरिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानीको क्रममा मन्त्री साहले भने, ‘प्रदेशभरिमा केही स्थानबाहेकको मतदान केन्द्रमा शान्तमय वातावरणमा मतदान कार्य जारी रहेको छ। आवश्यकमात्रामा सुरक्षाकर्मी परिचालन गरी मतदान केन्द्रलाई भयरहित वातावरणमा, स्वच्छ, निष्पक्ष ढंगले निर्वाचनमा भाग लिन सकिनेछ। मतदातालाई आवश्यक सहयोग प्रदान गर्नका लागि मतदान केन्द्रमा प्रहरी, प्रशासनले सहयोगीको भूमिकामा रहेको छ।’

सोहीबीच मन्त्री साहकी श्रीमती एवं प्रतिनिधिसभा सदस्य दिलकुमारी साहले पनि मतदान गरेकी थिईन्।

त्यस्तै आजै बिहान नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरीराजमणि पोखरेलले बर्दिवास नगरपालिका-३ स्थित दुधेश्वर प्रावि मतदानकेन्द्रमार्फत मतदान गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.