नमुना मतदान केन्द्र : प्यास लागे पानी, गर्मी लागे पंखा [फोटो फिचर]

नमुना मतदान केन्द्र : प्यास लागे पानी, गर्मी लागे पंखा [फोटो फिचर]

बर्दिबास : मधेस प्रदेशका जिल्लाहरुमा तातो घाममा पनि उत्साहित भएर मतदाताहरु मतदान गरिरहेका छन्। स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका जिल्लामा चाडपर्व आएजस्तो मतदाताहरु रमाउँदै मतदान गरिरहेका छन्। सबै उम्मेदवारहरु मिलेर मतदान केन्द्रमा पण्डाल (टेन्ट) बनाएका छन्। पंखादेखि खानेपानीको प्रबन्ध मिलाएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका-१२ विजलपुरास्थित चल्की मतदान केन्द्रमा उम्मेदवारहरुले टेन्ट लगाएर मतदान केन्द्रलाई झकिझकाउ परेका छन्। उम्मेदवारहरुले मतदातालाई घाम छल्न पण्डाल लगाएको नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रामकिशोर साहले जनाए। ‘गर्मीबाट मतदान गर्न सहज होस् भन्दै पंखा लगाएका छन्। मतदाताहरुलाई लाइनमै खानेपानीको प्रबन्ध गरेका छौं।’

वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा विरामीहरुलाई पहिलो प्राथमिकता राखेर मतदान गर्न व्यवस्था गरिएको छ।

राजकरण महतोले खिचेका तस्बिरहरु


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.