दाङमा ५ मतदान केन्द्रको जिम्मा महिलालाई

दाङमा ५ मतदान केन्द्रको जिम्मा महिलालाई

दाङ : दाङमा ५ वटा मतदान केन्द्रमा निर्वाचन गराउन महिलाहरुलाई मात्रै जिम्मेवारी दिईएको छ। घोराही-१६ को प्रावि सानी अम्बापुर ‘क’ मा मतदान अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारी, सहायक कर्मचारी ललिता यादव, रीता लामा र कार्यालय सहयोगीमा सरस्वती घर्तीमगर, सोही विद्यालयको ‘ख’ मा मतदान अधिकृतमा मोतीकुमारी विश्वकर्मा, सहायक मतदान अधिकृतमा विमलाकुमारी पोखरेल, सहायक कर्मचारीमा मन्जु देवकोटा, अनिता सुबेदी र सहयोगीमा विष्णुकुमारी चौधरी रहेका छन्।

सो विद्यालयको ‘ग’मा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनी, सहायक कर्मचारीमा कालिका अधिकारी, देवा केसी र सहयोगीमा भुमा वली रहेका छन्।

तुलसीपुर-५ स्थित अरनीको मैदान ‘घ’ मा मतदान अधिकृतमा माया श्रेष्ठ, सहायक मतदान अधिकृतमा सावित्राकुमारी गौतम, सहायक कर्मचारीमा झरना बुढामगर, कमला रावत र सहयोगीमा रीता रिजाल रहेका छन्। त्यस्तै लमही ५ स्थित खिमबहादुर मावि कोलही मतदान केन्द्रमा सम्झना शर्मा मतदान अधिकृत, प्रभातरश्मी धिताल सहायक मतदान अधिकृत, शुशिला शाह, पुजा केसी सहायक मतदान अधिकृत र विष्णुकुमारी चौधरी सहयोगी रहेका छन्।

यसैबीच ती महिला कर्मचारीहरु मात्रैभएका मतदानस्थलमा पनि महिला प्रहरीहरु मात्रै खटाइएको छ। जिल्लामा २ लाख ९ हजार ९९ जना महिला, २ लाख ७ हजार ९९ जना पुरुष र २ जना तेस्रोलिंगी गरी ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.