त्यसपछि कुटिए दिपकराज जोशी...

त्यसपछि कुटिए दिपकराज जोशी...

तनहुँ : जिल्लाको व्यास नगरपालिका-८, रिस्ती नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्मगाउँ हो। स्थानीय तहको निर्वाचनअन्तर्गत रिस्ती गाविस भवन फेदी मतदान स्थलमा दुई मतदान केन्द्र तोकिएको थियो।

विहान ७ बजेदेखि सुरु भएको मतदान सामान्यरुपमा चलिरहेको थियो। मध्याह्न १२ बजेतिर मतदान केन्द्र (ख)मा एमाले र जोशी समूहका प्रतिनिधिहरुले निर्वाचन स्वच्छ र निष्पक्ष नभएको भन्दै मतदान केन्द्र छोडेका थिए।

जोशी पक्षका प्रतिनिधिहरुले एउटै व्यक्तिले सहयोगीको बाहानामा पटक-पटक एकलौटीरुपमा मत हालेको भन्दै असन्तुष्टि जनाएका थिए। प्रतिनिधिहरु बाहिरिएपछि केही बेर मतदान रोकियो। उनीहरुलाई पर्खिदासमेत केही प्रतिनिधि नआएपछि माथिको आदेशअनुसार मतदान सुरु गरेको मतदान केन्द्र अधिकृत दामोदर कार्की बताउँछन्।

अधिकृत कार्कीका अनुसार मतदान चलिरहेको अवस्थामा दिउँसो ३ बजेतिर एमालेको तर्फका उम्मेदवार दिपकराज जोशी मतदान केन्द्र छिरे। अधिकृत कार्कीलगायत त्यहाँ खटिएका कर्मचारीहरुसँग किन यस्तो एकपक्षीय भयो भन्दै प्रश्न गर्दा गदै जोशीले आवेगमा मतपत्र च्यात्न थालेपछि जोशीलाई मतदाताहरुले नै कुटपिट गरेको अधिकृत कार्कीले जानकारी दिए।

उनका अनुसार जोशी पक्षले लगाएको आरोप निराधर रहेको उनको भनाइ छ। ‘उहाँहरुले एउटै व्यक्तिले दुई-तीन पटकसम्म सहयोगीको बहाना बनाएर मतदान गरेको आरोप लगाउनुभयो। त्यस्तो केही पनि थिएन,’ उनले भने।

प्रहरीको अनुसार उक्त घट्नामा परी जोशीको टाउको र जिउमा चोट लागेको छ। जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पोखरा लगिएको छ। काठमाडौं लैजाने तयारी भए पनि मौसम खराब भएपछि जोशीलाई स्थलमार्ग हुँदै पोखरा लगिएको हो। उनको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ।

मेयरका उम्मेदवार जोशीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूलाई मार्ने प्रयास भएको बताएका छन्। उनले भने, ‘यहाँ हाम्रा एजेन्टहरु किन छैन भनेर मतदान अधिकृतसँग कुरा गर्दै गर्दा ममाथि हमला गरियो। मेरो टाउको फुटेको छ। दुई मिनेटमात्र पनि भित्र नआएको भए म मरिसकेको हुन्थे।’

उनले मेयरको उम्मेदवारको सुरक्षा दिन सक्दैन भने सर्वसाधरण जनताको सुरक्षा कसरी दिन्छ भन्द्र सरकारसँग प्रश्न गरेका छन्। जोशीले बहुदलीय व्यवस्थामा वरिष्ठ नेताको गाउँमा मार्ने प्रयास भएको भन्दै यो कार्यको भत्सर्ना गरेका छन्।

यता, प्रत्यक्षदर्शी प्रमोद पौडेलका अनुसार जोशीले सुरुमा मतपत्र च्यातेका हुन्। उनले जोशी मत केन्द्रमा छिर्ने वित्तिकै मतपत्र च्यात्न सुरु गरेको उनको भनाइ छ। ‘घट्ना हुदाँ हामी त्यही थियौं। काम गरिरहेको अवस्थामा एक्काशी मतपत्र च्यातियो। त्यसपछि हुलदङ्गा भयो। उहाँमाथि आक्रमण भयो,’ उनले भने, ‘हामी पनि ज्यान जोगाउन भित्र छिर्‍यौँ, क-कसले आक्रमण गर्‍यो हामीलाई थाहा भएन।’

घट्नाबारे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक (डीएसपी) युवराज खड्काले पनि मतपत्र च्यातेका मेयरका उम्मेदवार जोशीमाथि स्थानीय मतदाताहरुले कुटपिट गरेको बताएका छन्। उनका अनुसार जोशीको गाडीमा समेत तोडफोड भएको छ। घट्नाबारे अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताएका छन्।

घट्नापछि एमाले र जोशी समूहले निर्वाचन स्थगित गर्न निर्वाचन अधिकृतलाई निवेदनसहित माग गरेपनि त्यहाँ मतदान सुचारु गरी सम्पन्न गराइएको छ। अधिकृत कार्कीका अनुसार उक्त मतदानस्थलमा १ हजार ५ सय ६६ जना कूल मतदातामध्ये नौं सय २२ मत खसेको छ।

जसमध्ये (क) मतदान केन्द्रमा ७ सय ५६ मा ४५१ मत खसेको छ भने (ख) मतदान केन्द्रमा कूल ८ सय १० मध्ये ४ सय ७१ मत खसेको कार्कीले जानकारी दिए।

त्यस्तै नेकपा एमाले र गोविन्दराज जोशी समूहले रिस्तीमा पुनः मतदान गर्न माग गरेका छन्। शुक्रबार साँझ एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उक्त समूहले गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रक्रिया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन्।

मतदानका क्रममा भएका प्रक्रियाहरु छानबिन गरी पुनः मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.