लामो मतपत्रले अलमल

लामो मतपत्रले अलमल

काठमाडौं  : राजधानीकै मतदाताले पनि स्थानीय चुनावमा मतपत्र निकै ठूलो र चुनाव चिह्न धेरै भएकाले झुक्किनुपरेको गुनासो गरेका छन्। मतदाता शिक्षा नपाउँदा मतदानमा कठिन भएको नयाँ मतदाताको अनुभव छ। काठमाडौं महानगरपालिका–१२ को मतदान केन्द्र त्रिपुरेश्वरमा भोट हाल्न पुगेकी ८८ वर्षीया जनकदेवी डंगोलले मतपत्र ठूलो भएको र चुनाव चिह्न धेरै हुँदा झुक्किएको बताइन्। ‘यसअघि ५ वटा चुनाव चिह्नमा मतदान गरेको त याद छ,’ उनले भनिन्, ‘अहिले चिह्नले नै झुक्याउने रैछ।

८० भन्दा बढी देख्छु। २/३ जनालाई फरक–फरक चिह्नमा भोट हाल्न खोज्यो भने सबै बिग्रने रैछ।’ काठमाडौं–२८ को वाल्मिकी संस्कृत विद्यालय मतदान केन्द्रमा भोट हाल्न पुगेकी रश्मी डंगोल निकै उत्साहित थिइन्। तर, भोट हाल्न कसैले नसिकाउँदा भने आफूले सही ढंगले मत हाले÷नहालेकोमा उनी दोधारमा छिन। ‘ओहो, हाम्रो देशमा पार्टी पनि कति रैछन्,’ उनले भनिन्, ‘छाप हान्ने पेपर हेर्दा बल्ल थाहा भयो। कसरी मत हाल्ने कसैले सिकाउनु भएन। टिकटकमा जति देखियो त्यही तरिकाले भोट हालें।’

कागेश्वरी मनोहरा नगरपालिका– ६ का हरिप्रसाद भट्टराई मतपत्र ठूलो भएकोले मतदाता अलमलमा परेको बताए। ‘यति ठूलो मतपत्र हुन्थ्यो भने सरकारले इलेक्ट्रिक पद्घति अपनाउन सक्नुपथ्र्यो,’ उनले भने, ‘यतिका वर्षपछि जनताले पाएको अधिकारको त सही रूपमा प्रयोग गर्न पाउनुपर्छ।’ १०÷१२ पटक मत हालिसकेकालाई केही सहज भए पनि आखाँ नदेख्ने र भित्र गएपछि आत्तिने बानीका मान्छेले मत बिगार्न सक्ने उनले बताए। ‘चुनाव चिह्न धेरै भएकाले चिह्न खोज्दैमा अलमल हुने रहेछ,’ उनले भने।  

काठमाडौंकै मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलमा मत हालेर निस्केकी ६९ वर्षीया यशोदादेवी पोख्रेलले यसपटक मत हाल्न गाह्रो भएको बताइन्। ‘मतपत्र ठूलो छ। चुनाव चिह्न पनि के के हो, के के ?,’ उनले भनिन्, ‘धेरै भएकाले साह्रै गाह्रो छ।’ उम्मेदवारलाई छानी–छानी मत दिन खोज्दा बदर हुने सम्भावना रहेको उनले बताइन्। ‘इलेक्ट्रिक भोटिङ नआइञ्जेल समस्या नै हुने देखिन्छ,’ उनले भनिन्, ‘अलिकति बढी मसी भयो भने पनि पट्याउँदा दायाँ–बायाँ छुन्छ कि भन्नुपर्ने रैछ।’ काठमाडौं चाबहिलका ७१ वर्षीय श्याम मगरले मान्छे रोज्न थाल्दा मत बिग्रने सम्भावना रहेको बताए। ‘८० बढी चुनाव चिह्न छन्,’ उनले भने, ‘एउटै लस्करमा सात छाप लगाउँदा बिग्रने डर छैन। मान्छेका अनुहार हेर्दै भोट दिन थालियो भने ७ भन्दा बढी पनि भोट दिइने रैछ। चिन्ह र अनुहार मतदानस्थलमा आएर हैन घरबाटै मनस्थिति बनाएर आउनपर्ने रैछ।’ 

काठमाडौं– ३२ की ६२ वर्षीया इन्द्रदेवीलाई मतपत्रमा धेरै चिह्न देखेर सुरुमा अलमलमा परिन्। ‘मैले त, ४/५ वटा मात्रै पार्टीको नाम सुनेकी थिएँ,’ उनले भनिन्, ‘मतपत्रमा कति धेरै चुनाव चिह्न हुन्।’ नेसनल ट्रेडिङ सेन्टरमा पहिलोपटक भोट हालेका उज्ज्वल श्रेष्ठ विद्युतीय मेसिनबाट भोट हाल्ने व्यवस्था हुनुपर्ने बताउँछन्।  उनले भने, ‘अर्को पटक ९० पार्टी होलान्। सबैको चुनाव चिह्न राखेर मतपत्रको साइज अझै बढाउने त ? यो त व्यवहारिक भएन है।’  

‘हाम्रो देशमा धेरै पार्टी रहेछन्। छाप हान्ने पेपर हेर्दा बल्ल थाहा भयो। कसरी मत हाल्ने कसैले सिकाउनु भएन। टिकटकमा जति देखियो त्यही तरिकाले भोट हालें।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.