बझाङका तीन पालिकामा मत गणना सुरुः सबै पालिकामा एमालेको अग्रता

बझाङका तीन पालिकामा मत गणना सुरुः सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङमा तीन पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ। 

मतगणना थालिएको मष्टा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। पालिकाको अध्यक्षका उम्मेदवार नेकपा एमालेका दिपक रोकायाले मष्टा गाउँपालिकामा यतिबेला अग्रता लिएका छन्। वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। त्यसै गरी गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन्। 

त्यसै गरी वित्थडचिर गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ।  वित्थडचिर गाउँपालिकाको वडा नं. १ को गणना हुँदा नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र बोहराले ३४५, नेपाली कांग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार रहेका अमर महरले १४५ मत र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन्। 

यस्तै खप्तडछान्ना गाउँपालिकामा पनि नेकपा एमालेको अग्रता कायम गरेको छ। खप्तड छान्ना गाउँपालिका वडा नं. १ मा ४ सय ९४ मतगणना हुँदा नेकपा एमालेले अग्रता कायम गरेको छ। नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर सिंहले २ सय ५६ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उत्तमकुमार रोकायाले २ सय ३८ मत पाएका छन्। 

अब खप्तडछान्न गाउँपालिका वडा नं. १ को २ सय ५१ मत गणना हुन बाँकी रहेको छ। दुर्गाथली गाउँपालिकामा र थलारामा दुईपटक सर्वदलीय बैठक बसेर केहीबेरमा मतगणना सुरु हुने भएको छ। छबिस र तल्कोटमा सर्वदलिय बैठक बसिरहेको छ। 

साइपालमा भने मतपेटिका मतगणनास्थलमा पुगेनन्। जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका र सुर्मा गाउँपालिकामा पुन: मतदान भएपछि मात्रै मतगणना थालिने। बुङ्गलको अत्तोपत्तो छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.