जो मतदान गर्न छुटे

जो मतदान गर्न छुटे

धनगढी : कैलालीको मोहन्याल गाउँपालिका–२ नारंगेका नन्दवीर घर्तीमगर ७५ वर्षका भए। हरेक निर्वाचनमा मतदान गरेका उनले यसपालि मतदानस्थलसम्म जान नसकेका कारण भोट हाल्न पाएनन्। 

‘हिँडेर जान चार घण्टा लाग्छ, फर्किंदा उकालो पर्ने भएकाले झन् समय लाग्छ, बुवालाई बोकेर लान सकिएन’, नन्दवीरका छोरा तोपबहादुर घर्तीले भने। ‘श्रीमती र म भोट हालेर फर्किरहेका छौं। घर पुग्न ९÷साढे ९ बज्छ।’ 
नारंगेका लालबहादुर घर्ती अपांगता भएका व्यक्ति हुन्। ‘हिँड्न सक्ने भएका बेला मत हाल्न जान्थे। परिवारमा भाइहरू मात्र छन्।  कुनै सन्तान छैनन्। यसअघिका चुनावमा उनले पनि भोट हालेका थिए,’ स्थानीय कमल रानाले भने, ‘नेतालाई भोट मात्र दिएर के गर्नु बाटोघाटो बनाउने कसैले होइन।’ 

नारंगेदेखि केही घण्टा कच्ची सडकको यात्रामा मतदान केन्द्र पुगिन्छ। तर वर्षाले सडक बिग्रिएपछि सवारी चल्न सकेनन्। अनि उनीहरू मतदानबाट वञ्चित भए। ‘हाम्रो गाउँका १० जनाभन्दा बढी वृद्धवृद्धाले मतदानस्थलसम्म जान नसकेकाले मतदान गर्न सकेनन्’ रानाले भने।

नारंगेमा ९० जना मतदाता छन। तीमध्ये केही बाहिर छन्। घरमै भएकाले पनि मतदानस्थल टाढा हुँदा मत हाल्न नपाएका हुन्। नारंगेका प्रेम रस्कोटी र लालबहादुर गाहामगरले पनि हिँड्न नसकेका कारण मतदान गर्न पाएनन्। मोहन्याल गाउँपालिका–२ कै फिसल्ले गाउँका पनि धेरै ज्येष्ठ नागरिकले मतदानस्थल टाढा भएका कारण मत हाल्न पाएनन्।

‘हाम्रो गाउँमा गहतबहादुर घर्ती, रम्भा बुढा, निर्मला लामासहितका ज्येष्ठ नागरिकले मत हाल्न पाएनन्’ निर्मला लामाका छोरा परम लामाले भने, ‘श्रीमती र म भोट हालेर आयौं, आमालाई बोकेर लान सकिएन।’ साविकको पण्डोन गाविसका मतदाताले महेन्द्र मावि कोल्तडीमा मतदान गर्छन्। त्यहाँ पुग्न हिँड्ने सक्नेलाई अढाई घण्टा र अरूलाई चार घण्टासम्म लाग्छ। मोहन्याल गाउँपालिकाकै राजकाँडा, जुतेसुली, मालचाना र नौलाकोटका मतदाताले पनि दुई घण्टा हिँडेर कुइनेमा रहेको अरनिको निमाविमा जानुपर्ने बाध्यता छ। स्थानीय वीरेन्द्र रावलले त्यहाँबाट पनि ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति मतदानबाट वञ्चित भएको बताए। 

अछामको मेल्लेख गाउँपालिका—४ कुस्कोट, साँफेबगर नगरपालिका—४, तुर्माखाँद, चौरपाटी, मेल्लेख, रामारोशन गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाका केही मतदानस्थल पुग्नै २ देखि ३ घण्टा लाग्छ। त्यहाँका पनि अधिकांश ज्येष्ठ नागरिक मतदानबाट वञ्चित भएका छन्। 

तुर्माखाँद गाउँपालिका–२ भुलुको सूर्य मावि, ३ नं वडाको भैरवी मावि, चौरपाटी गाउँपालिका–२ सोकटको दसपल्लेपानी मावि, रामारोशन–५ को यशोदा मावि, मेल्लेख गाउँपालिका–२ को नन्दामाता मावि डाँडासिरी, ४ नं वडाको बासुकी मावि र पञ्चदेवल विनायक नगरपालिका–८ को कुइकाले मावि, ९ नं वडाको भवानी मावि मतदानस्थलमा आउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.