तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार सुशील गन्दर्भ पक्राउ

तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार सुशील गन्दर्भ पक्राउ

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार सुशील गन्दर्भ पक्राउ परेको छन्। खुकुरी प्रहार गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। 

राती दुई समुहबीच भएको झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर ४ रक्षाचौरका चार जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ४ स्थित गन्दर्भकै घर नजिकै दुईपक्षबीच झडप भएको हो। 

नजिकै पूजामा मदिरा खाएर यसरी झडप भएको हुन सक्ने प्रहरीले बताएको छ। ‘पुजामा गएको बेलामा मदिरा सेवन गरेपछि सामान्य विवाद भएछ’, अर्यालले भने, ‘त्यसपछि खुकुरी हानाहानको अवस्था सिर्जना भएको देखिन्छ।’

दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको स्रोतले बताएको छ।‘दिउँसो रक्षाचौर स्कुल स्थित मतदान केन्द्रमा मतदान भइरहेको थियो, त्यही बेला केही युवाहरुले मतदान स्थलमै प्रचार गरिरहेका थिए, त्यसपछि गन्दर्भका छोरा सुमनले किन यसरी प्रचार गरेको भनी ती युवाहरुलाई भनेपछि केही विवाद भएको थियो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.