रसुवाको तीन पालिकामा कांग्रेस, एउटामा माओवादीको अग्रता

रसुवाको तीन पालिकामा कांग्रेस, एउटामा माओवादीको अग्रता

रसुवा : शुक्रबार भएको स्थानीय तहको निवार्चनको मतगणना जारी छ । जिल्लाको पाँचवटा गाउँपालिकामध्ये चारवटाको मतगणना चलिरहेको छ । शनिबार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगयामा नेपाली कांग्रेस तथा कालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।  

कालिका गाउँपालिकामा ८ सय मत गन्दा अध्यक्षमा ४ सय २७ मत सहित माओवादी अगाडि छ भने १ सय ६२ मत ल्याएर कांग्रेसले पछ्याइरहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसको २ सय ९६ र नेकपा एमालेको १ सय ६१ मत छ । 

नौकुण्डमा अध्यक्षमा ३ सय ३० मतका साथ कांग्रेस पहिलो र १ सय २७ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा जनता समाजवादी पार्टीको २ सय १० र नेकपा एमालेको ७१ मत छ ।  उत्तरगयाको अध्यक्षमा ४ सय ३३ मतका साथ कांग्रेस पहिलो, ३ सय ९५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा कांग्रेसको ४ सय ३८ र एमालेको ४ सय १२ मत आएको छ । 

आमाछोदिङ्मो गाउँपालिकामा ३ सय ४९ मत सहित कांग्रेस पहिलो र २ सय ५८ मतका साथ एमालेका अध्यक्ष दोस्रो छन् । उपाध्यक्षमा २ सय ६४ मतका साथ माओवादी पहिलो र २ सय ३४ मतका साथ एमाले दोस्रो छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.