पोखरा महानगरको मतगणना २ बजेपछि
पोखरा : पोखरा महानगरपालिकाको मतगणना २ बजेपछि सुरु हुने भएको छ । साढे १ बजेसम्म मत पेटिका मिलाउने र त्यसअघि नै दलका प्रतिनिधिहरुको नाम र फोटो उपलब्ध गराउने निर्णय भर्खरै सकिएको सर्वदलीय बैठकले गरेको हो ।
पोखराको मेयरमा एमाले कृष्ण थापा र नेकपा एसका धनराज आचार्यसहित २३ जना उम्मेदवार छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् ।
पोखरामा १ लाख ४३ हजार २ सय २८ मत खसेको छ ।