छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेको नाराबाजी : फेरि मतदानको माग

छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेको नाराबाजी : फेरि मतदानको माग

बझाङ : छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नु पर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रबार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं. ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरुले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिस्कार गरेको थियो। 

उक्त स्थानमा फेरि मतदान गराउनु पर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। तर निर्वाचन कार्यालयले ३ घण्टाभित्र दुबै पक्षलाई मिलेर आउन भनेको र नमिलेको खण्डमा मतगणनालाई अघि बढाउने बताएको थियो। 

एमाले र गठबन्धनमा रहेका दलहरुबीच सहमती नभएपछि निर्वाचन अधिकृतको कार्यालयले मत गणनाको तयारी थालेपछि एमालेले निर्वाचन अधिकृतको कार्यालयमा नारावाजी गरिरहेको छ। विवादित क्षेत्रमा पुनः मतदान नगरिएको खण्डमा मतगणना गर्न नदिने नेकपा एमाले छविस पाथिभेरा गाउँकमिटीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.