रसुवाको उत्तरगया–१ मा एमालेको प्यानल नै विजयी
रसुवा : रसुवाको उत्तरगया गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।
नेकपा एमालेका मारसिङ तामाङले ५ सय ६० मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४ सय ९६ मत ल्याए।
यस्तै सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी भएका छन्।
२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिबाट बम बहादुर तामाङले जितेका थिए। यस पटक उनी कांग्रेसबाट उम्मेदवार बनेका थिए।
प्रतिक्रिया दिनुहोस !
५