रसुवाको कालिका–१ मा माओवादीको प्यानल नै विजयी
रसुवा : रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ।
नेकपा (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए भने नेकपा एमालेका आङतेम्बाले १ सय ७२ मत ल्याए। महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका हुन्।
२०७४ सालमा भएको निर्वाचनमा पनि माओवादी केन्द्रले विजयी हासिल गरेको थियो।
अहिले वडाध्यक्षमा विजयी भएका तामाङ यसअघि नेपाल पत्रकार महासंघ रसुवाका सचिव तथा जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष थिए।
प्रतिक्रिया दिनुहोस !
५