लाङटाङको मतपेटिका मान्छेबाट बोकाएर ल्याइयो

लाङटाङको मतपेटिका मान्छेबाट बोकाएर ल्याइयो

रसुवा : जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङको मतपेटिका मतगणनास्थलमा ल्याइएको छ। यसपटक मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था नहुँदा मान्छेले बोकेर ढुवानी गरेका हुन्। दिउँसो साढे ३ बजे मतपेटिका आइपुगेको हो। 

यसअघि भएका निर्वाचनमा लाङटाङको मतपेटिका हेलिकप्टरमार्फत ल्याउने गरिएको थियो। तर यसपटक गृह मन्त्रालयले हेलिकप्टरको प्रयोग हुने स्थानमा पनि मान्छेले नै ढुवानी गर्ने परिपत्र गरेका कारण शनिबार ल्याइएको हो। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले गोसाइँकुण्ड गाउँपालिकाको मतगणना आज बेलुकीबाट सुरु गरिने बताए। 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, स्थित लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ। यस वडामा ३ सय ६३ मतदाता थिए। जसमा ३ सय २ मत खसेको हो। त्यहाँ १ सय ६२ पुरुष र १ सय ४० महिलाले मतदान गरेका छन्। गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको थियो।

निर्वाचन गराउनका लागि चार सदस्यीय टोली लाङटाङ गएको थियो। जसमा मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको थियो। जिल्लाको कालिका, उत्तरगया, आमाछोदिङ्मो र नौकुण्डमा मतपेटिका शुक्रबार राति नै गणनास्थलमा पुर्याएर मतगणना सुरु गरिएको छ। 

जिल्लामा यसपटक करिब ७७ प्रतिशत मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.