गुलरिया-१ मा कांग्रेसको प्यानल नै विजयी

गुलरिया-१ मा कांग्रेसको प्यानल नै विजयी

गुलरिया : गुलरिया नगरपालिका-१ को वडा कार्यसमितिमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रामसुमिरन यादवलाई ३३५ मतले पछिपार्दै कांग्रेसका जोगीराम थारु प्यानलसहित विजयी भएका हुन्।

थारुले १ हजार ३३९ मत प्राप्त गरेका छन्। प्रतिद्वन्दी एमालेका यादवले १ हजार ४ मत प्राप्त गरे। नेकपा माओवादी केन्द्रले २ सय ४८ मत प्राप्त गरेको छ। कुल ३ हजार ८८ खसेको मतमध्ये ९८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। अध्यक्षमा जोगीरामसहित महिला सदस्य, दलित सदस्य र दुई जना सदस्य नेपाली काँग्रेसबाट विजयी भएका छन्।

सोही वार्डबाट नगरप्रमुख पदमा नेपाली कांग्रेसका मुक्तिनाथ यादवले १ हजार २९९ मत र उपमेयर सावित्रा गौतमले १ हजार २८८ मत प्राप्त गरी अग्र स्थानमा छन्। एमालेबाट नगरप्रमुख पदका उम्मेदवार अमरबहादुर खड्काले ६ सय ८३ र उप्रमुख टिका संसेलीले ७ सय २९ मतले पछ्याउँदै छन्। गुलरिया नगरपालिका वडा नम्वर २ को मत गणना शुरु भएको जनाईएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.