धरानमा गठबन्धनको अग्रता कायमै, एमाले तेस्रो स्थानमा
धरान : धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छ्न्। वडा नम्बर १, २ र ३ को एकहजार मत गणना गर्दा गठबन्धनको तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राईले ३ सय ६९ मत प्राप्त गरी अग्रता कायम गरेका छन्।
मेयरमा स्वतन्त्र उमेदवार बनेका सामाजिक अभियन्ता हर्क साम्पाङ राइले २ सय ७५ मत प्राप्त गरेका छन्। एमालेकी मेयर पदकी प्रत्यासी मन्जु भण्डारीले २ सय ३ मत प्राप्तगरी तेस्रो स्थान प्राप्त गरेकी छिन्।