रोल्पामा माओवादी र कांग्रेस उम्मेदवारको बराबर मत, गोलाप्रथाबाट माओवादीले बाजी मार्यो
रोल्पा : रोल्पा नगरपालिका–२ मा नेकपा माओवादी केन्द्र र कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले बराबर मत ल्याएका छन्। दुवै उम्मेदवारले ५ सय ४३ मत प्राप्त गरेका हुन्। गोलाप्रथाबाट माओवादी केन्द्रका उम्मेदवार प्रकाश डाँगी विजयी भएका हुन्।
दुवै उम्मेदवारको मत बराबर आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गराएको हो। कांग्रेसका उम्मेदवार देउचन थापा गोलाप्रथाबाट पराजित भएका छन्। सो वडामा दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ।
रोल्पा नगरपालिका–१ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापाले ९ सय ८७ मत ल्याएर प्यानलसहित यस अघि नै विजयी भएका छन्। वडा नं. ३ को मत गणना भइरहेको छ। हालसम्म कांग्रेसको उम्मेदवारको मत अग्रता कायम गरेको छ।