रसुवाको नौकुण्ड–१ मा कांग्रेसको प्यानल नै विजयी
रसुवा : रसुवाको नौकुण्ड गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए भने जनता समाजवादी पार्टीका बसन्त लामाले ३ सय ५८ मत ल्याए।
२०७४ सालमा भएको निर्वाचनमा नयाँ शक्तिबाट कान्छा तामाङले नै जित हासिल गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
५