रसुवाको आमाछोदिङ्मो–२ मा कांग्रेस प्यानल नै विजयी
रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए।
उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए भने माओवादी केन्द्रका राम तामाङले १ सय ६५ मत ल्याएका छन्।
आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ को सदस्यहरुमा दावा टासी तामाङ, सोनाम पेम्बा तामाङ, महिला सदस्यमा चेन्चेना तामाङ र दलित सदस्यमा दिलमाया विक विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस !
५