रसुवाको कालिका–२ मा कांग्रेसको प्यानलै विजयी
रसुवा : रसुवाको कालिका गाउँपालिका–२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका उमेशबहादुर न्यौपानेले ९ सय ७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले ७ सय ६६ मत ल्याए ।
महिला सदस्यमा किप्पा थोक्रा, दलित महिला सदस्यमा लिला नगर्जी, खुला सदस्यमा किप्पा छिरिङ स्याङ्बा र शेर बहादुर ग्लान विजयी भएका छन् । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेले विजयी हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
५