मिथिला नगरपालिका–१ मा कांग्रेस प्यानल विजयी
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। मिथिला नगरपालिका–१ मा नेपाली कांग्रेसका जोगी महतो ७७ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
नेपाली कांग्रेस मिथिला नगरपालिकाको नगर सभापति समेत रहेका महतोले ७३५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका छन्।
यस्तै मेयर र उपमेयरमा नेपाली काँग्रेका उम्मेदवार नै अग्रता कायम राखेका छन्। मेयर उम्मेदवार महेन्द्र महतोले ६६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्दी नेकपा एमालेका राजाराज महतो ६५९ मत ल्याएका छन्।
यसैगरी, उपमेयरमा कांग्रेसकी निर्मला कोइराला ७२२ मत पाएकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्दी नेकपा एमालकी सुनिता सिंह बुढाथोकीले ६५४ मत पाएकी छिन्।
मिथिला नगरपालिका वडा नं १ एमालेका मेयर उम्मेदवार राजाराम महतोको गृह गाउँ हो। यस वडामा अघिल्लो पटक एमालेका लक्ष्मी महतो वडाध्यक्षमा विजयी भएका थिए।