गुल्मीदरवार गाउँपालिका : अध्यक्ष उपाध्यक्षसहित ४ वडामा कांग्रेस, ३ वडामा एमाले विजयी

गुल्मीदरवार गाउँपालिका : अध्यक्ष उपाध्यक्षसहित ४ वडामा कांग्रेस, ३ वडामा एमाले विजयी

गुल्मी : गुल्मी दरवार गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडामा नेपाली कांग्रेसले जीत निकालेको छ। त्यस्तै ३ वटा वडामा एमाले विजयी भएको छ। 

गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोजकुमार थापाले ६ हजार १ सय ६८ मत प्राप्त गरी विजयी भएका छन् भने नेकपा एमालेका कृष्ण भुषालले ५ हजार ६ सय २ मत प्राप्त पराजित भएका हुन्। 

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै तारा ढेंगा विजयी भएकी छिन्। उनले ६ हजार १ सय ८८ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी शुशिला पुनले ५ हजार ५ सय ८९ मत प्राप्त गरी पराजित भएकी छन्। यस्तै गुल्मीदरवार -१ बलिथुममा एमालेका सूर्य बहादुर कुवंरलाई पराजित गर्दे कांग्रेसका राजेन्द्र कंडेल विजयी भएका छन्। 

२ जुभुङमा एमालेका विष्णुप्रसाद गौतम, ३ गौडाकोटमा कांग्रेसका रामबहादुर थापा, ४ विरवासमा एमालेका देविराम पोख्रेल, ५ अमरअर्वाथोकमा एमालेका गुडानिधि पौडेल, ६ मा कांग्रेसका मुकेश थापा, ७ दरवारदेविस्थानमा कांग्रेसका शालिकराम टण्डन विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा विजयी भएका सरोजकुमार थापा पूर्व गाउँपालिका अध्यक्ष स्वर्गीय अशोककुमार थापाका छोरा हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.