रसुवाको गोसाइँकुण्ड – ३ मा एमालेको प्यानल विजयी
रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ। नेपाली एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए।
वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सिता घले तामाङनी विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसले जितेको थियो।
प्रतिक्रिया दिनुहोस !
५