धरान उपमहानगरमा कांग्रेसको अग्रता, स्वतन्त्र दोस्रो र एमाले तेस्रो स्थानमा
धरान : धरान उपमहानगरपालिकाको मत गणनामा कांग्रेसले अग्रता कायम गरेको छ । गठबन्धनको तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले १ हजार ४ सय ८९ मत प्राप्त गरेका छन् ।
स्वतन्त्रका मेयरका प्रत्यासी हर्क साम्पाङ्ले १ हजार २८ मत प्राप्त गरी कांग्रेसका राइलाई पछ्याइरहेका छ्न् । एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीले ७ सय ८९ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।
उपमेयरमा गठबन्धनको तर्फबाट अइन्द्रबिक्रम बेघाले एक हजार ६ सय ३ मत प्राप्त गरी अग्र स्थानमा छन्। एमालेका उपमेयरका प्रत्यासी पदम लिम्बुले ९ सय ३४ मत प्राप्त गरी बेघालाई पछयाइरहेका छन् ।