डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी

डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी

डोटी : डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भैरबबहादुर साउद विजयी भएका हुन्। साउदले २३४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १६८४ मत ल्याएर हार व्यहोरेका छन्। तेस्रोमा नेकपा एकीकृत समाजवादीका भक्तबहादुर साउद आएका छन्। उनले १४७१ मत ल्याएका हुन्।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका डम्मरीकुमारी बिष्ट विजयी भएकी छन्। उनी २४०७ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सपना सिराडीले २२७६ मत ल्याएकी छन्। 

त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवीसरा देवी घर्तीमगरले ८३२ मत ल्याएर तेस्रो भएकी छन्। बडीकेदार गाउँपालिकामा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने नेपाली कांग्रेस र नेकपा एमाले एक्ला–एक्लै चुनाव लडेका हुन्।

त्यसैगरी बडीकेदार गाउँपालिका -१ मा नेपाली कांग्रेसका डबल बोहरा ५३० मत ल्याएर विजयी भएका छन्। वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर घर्तीमगर ४०५ मत ल्याएर विजयी भएका हुन्। वडा नम्बर ३ मा नेपाली कांग्रेसका रामबहादु गुरुङ्ग ५६२ मत ल्याएर विजयी भएका छन् भने वडा नम्बर ४ मा नेकपा एमालेका कर्णबहादुर जेठारा ५३२ मत ल्याएर विजयी भएका छन्। त्यसैगरी वडा नम्बर ५ मा नेकपा एमालेका पदमसिं बोहरा ६५८ मत ल्याएर विजयी भएका छन्।

अधिकांश पालिकामा नेपाली कांग्रेसको अग्रता
डोटीका अन्य पालिकामा भने मतगणना जारी रहेको छ। हालसम्म अधिकांश पालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। अन्य ६ पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने दुईवटा पालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ।

जिल्ला दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्बीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकामा नेकपा एमाले र केआईसिंह गाउँपालिकामा नेकपा माओवादीले अग्रता लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.