स्वामीकार्तिक खापर गाउँपालिका- १ मा माओवादी र २ मा कांग्रेस विजयी
बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिका- १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार अजय बहादुर विकले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन् । स्वामीकार्तिक खापर गाउपालिकामा माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएको थियो ।
त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका-२ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार विष्णु बुढाले ३ सय ५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मानबहादुर महतराले ३ सय १७ मत र माओवादी केन्द्रका अर्थराज बुढाले २ सय ५९ मत ल्याएर पराजय भएका छन् ।
गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ४७ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेद्धार भरत रोकायाले १ हजार २ सय ९८ मतले पहिलो स्थानमा रहेका छन् । भने दोस्रोमा नेकपा एमालेका उम्मेदवार चतुरभुज शाहीले ८ सय ९१ मत र समाजवादीका चिरन्जीबी शाहीले ७ सय ६४ मतले पछ्याइरहेका छन् ।
त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना भण्डारीले १ हजार मत ल्याएर पहिलो स्थानमा छन् भने उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मैना जोशीले ९ सय ७६ मत र माओवादी केन्द्रका सुरेश बिकले ७४९ मतले पच्छाईरहेका छन् ।