धनुषाको विदेह नगरपालिका १ र २ मा एमाले विजयी, ३ र ४ को मतगणना जारी

धनुषाको विदेह नगरपालिका १ र २ मा एमाले विजयी, ३ र ४ को मतगणना जारी

जनकपुरधाम : धनुषाको विदेह नगरपालिका वडा नं. १ र २ मा एमाले विजयी भएको छ । वडा नं. १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट संजय पाण्डेय ७ मतले विजयी भएका हुन्।

निर्वाचन कार्यालय विदेहका प्रमुख अर्जुन भण्डारीका अनुसार विजयी पाण्डेले ३७२ मत प्राप्त गरेका छन् । उनको निकट प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट विन्‍देश्‍वर ठाकुरले ३६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, वडा नं. २ (एमाले)बाटै राम पुकार सहनी १८९ मतान्तरले विजयी भएको छ । विजयी सहनीले ३८४ मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट भद्रकान्त झाले १९५ मत प्राप्त गरेका छन् ।

विदेह नगरपालिकामा वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ भने ३ र ४ को मतगणना सुरु भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.