रसुवाको गोसाइँकुण्ड-२ मा कांग्रेसको प्यानल विजयी
रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए।
वडा सदस्यमा सोनाम छिरिङ घले, कामी सेदार घले, दलित महिला सदस्यमा लक्ष्मि परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि यस वडामा नेपाली कांग्रेस नै विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस !
५