रसुवाको आमाछोदिङ्मो–३ मा एमाले विजयी
रसुवा: रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर ३ मा नेकपा एमालेले जितेको छ। नेकपा एमालेका सुरेन्द्र तामाङले ३ सय २८ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले २ सय ८१ मत ल्याए।
यस्तै सदस्यमा निमा काल्तेन तामाङ र सिता विक विजयी भएका हुन्। २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेले विजय हासिल गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
५