रसुवाको गोसाइँकुण्ड–१ मा एमालेको प्यानलै विजयी
रसुवा: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। नेपाली एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए।
यस्तै महिला सदस्यमा कार्मु तामाङ र खुला सदस्यहरूमा कैसाङ तामाङ र दिलमान तामाङ बिजयी भएका हुन्। २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेले विजयी हासिल गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
५