काभ्रेमा २ पालिकाको मतगणना रोकियो
काभ्रे : जिल्लाको बेथानचोक गाउँ पालिका र तेमाल गाउँ पालिकाको मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा दलका प्रतिनिधिहरुबीच भएको विवादले तेमाल गाउँपालिकाको वडा नं १ को मतगणना रोकिएको हो । शनिबार राति ८ बजेदेखि रोकिएको मतगणना अझैं सुरु भएको छैन ।
तेमाल गाउँपालिका निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार रातिदेखि रोकिएको मतणना सुरु गर्नको लागि बिहान सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।' बैठक राखेर पुन: मतगणनाको प्रयसरत रहेको रेग्मीले अन्नपुर्णलाई जानकारी दिए । बेथानचोक गाउँ पालिकामा पनि मतगणना रोकिएको निर्वाचन अधिकृत लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए ।
राति बेथानचोक गाउँ पालिका वडा नं १ को मतपरिणाम सार्वजानिक भएसँगै मतगणना स्थलमा नेकपा एमालेका कार्यकर्ताहरुले नारा जुलुससहित सीसी टीभी हेर्न पाउनुपर्ने भन्दै नारा जुलुस गरेपछि मतगणना रोकिएको थियो ।
रातिदेखि मतगणना रोकिएको दुई पालिकामा मतगणना हुन सकिएको छैन । निर्वाचन कार्यलयहरुको अनुसार सर्वदलिय बैठक राखेपछि पुन मतगणना गरिनेछ।
जिल्लामा अन्य १० पालिकाहरुको मतगणना जारी छ । जिल्लामा १३ पालिका रहेको पाँचखाल नगरपालिकाको वडा नम्बर १ मा पुन: मतदान हुने भएको छ। पाँचखाल नगरपालिकामा वडा नं १३ को मतदान केन्द्रमा जेठ ३ गते पुन मतदान हुने भएको छ ।