रसुवामा १४ वटा वडाको मतगणना सकियो, ८ वडामा एमाले र ५ वडामा कांग्रेस विजयी

रसुवामा १४ वटा वडाको मतगणना सकियो, ८ वडामा एमाले र ५ वडामा कांग्रेस विजयी

रसुवा : शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

जिल्लामा पाँचवटा पालिका र २७ वटा वडा छन् । २७ वटा वडामध्ये १३ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले ८, कांग्रेसले ५ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।

बिहान ९ बजेसम्मको नतिजाअनुसार कालिका–१ मा माओवादीको प्यानल, कालिका–२ मा कांग्रेस प्यानल, नौकुण्ड–१ मा कांग्रेस प्यानल, नौकुण्ड–२ मा एमाले प्यानल, आमाछोदिङ्मो–१ एमाले प्यानल, आमाछोदिङ्मो–२ मा कांग्रेस प्यानल, आमाछोदिङ्मो–२ मा एमाले प्यानल विजयी भएको छ । 

यस्तै, गोसाइँकुण्ड–१ मा एमाले प्यानल, गोसाइँकुण्ड–२ मा कांग्रेस प्यानल, गोसाइँकुण्ड–३ मा एमाले प्यानल, गोसाइँकुण्ड–४ मा कांग्रेस प्यानलले जितेको छ । उत्तरगया–१ मा एमाले, उत्तरगया–२ मा एमाले र उत्तरगया–३ मा पनि एमाले वडाध्यक्ष पद जितेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.