जनकपुर र क्षिरेश्वरमा कांग्रेसका उम्मेदवार विजयी

जनकपुर र क्षिरेश्वरमा कांग्रेसका उम्मेदवार विजयी

जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार शिवकुमार साहले ६११ मत ल्याएर विजयी भएका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार साहले ६११ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार अशोक कुमार गुप्ताले कमल चिन्हमा २९५ मत प्राप्त गरेर पराजय भए। 

यस्तै, नेकपा कम्युनिस्ट पार्टी एमालेका सन्तोष कुमार साहले सूर्य चिन्हमा १५० मत ल्याएका थिए ।

शिवकुमार साह अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका थिए । त्यसैगरी,धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नं ७ को वडा अध्यक्षको उम्मेदवार मोबारक कवाडी नथुनी विजयी भएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.