मटिहानीमा लोसपाले खाता खोल्यो
![मटिहानीमा लोसपाले खाता खोल्यो](https://annapurnapost.prixacdn.net/media/albums/losapa_20220515151256_VpQSbtJyno.jpg)
महोत्तरी : मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले वडाध्यक्षमा विजयी भएको छ।
मतगणनाको परिणाम अनुसार मटिहानी नगरपालिका-१ को वडाअध्यक्ष पदमा शिवशङ्कर कुमार राय ३७८ मत ल्याइ विजयी भएको छ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिचन्द्र साह २१२ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी(जसपा) नेपालका मोहम्मद बसिर राईनले १८१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका हुन्।
निकटमत प्रतिद्वन्दी साह र विजयी भएका रायबीच १६६ मतको अन्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अग्रस्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी मेयरका उम्मेदवार हरिप्रसाद मण्डल अगाडि रहेका छन्। नेकपा एमालेका उम्मेदवार हेम चन्द्र यादव र जसपा नेपालका उम्मेदवार मोहम्मद मुजिवुल रहमानले पछयाई राखेको छ।
मटिहानी नगरपालिकाको धिरापुरस्थित कार्यालयमा हलमा जारी मत गणना अनुसार वडा नं. १ मा एक हजार ५१५ मतदाता थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)