रोल्पाको थबाङमा माओवादी विजयी

रोल्पाको थबाङमा माओवादी विजयी

रोल्पा : रोल्पाको थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी भएका हुन्।

ऋषिकेशवले २ हजार १ सय २२ मत लिई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी दर्जित रोकामगरले १ हजार ५ सय ६ मत ल्याए। उपाध्यक्षमा शर्मिला बुढामगर २ हजार १ सय २२ मतले विजयी भएकी हुन्। उनका निकटम प्रतिद्वन्द्वी राईबहादुर पनले १ हजार ४ सय ६८ मत ल्याएर पराजय बेर्होनुपर्यो। थबाङमा विप्लव नेतृत्वको नेकपा, एमाले र कांग्रेसको गठबन्धनले स्वतन्त्र उम्मेदवार दर्जितलाई समर्थन गरेका थिए।

थबाङ गाउँपालिकाको ५ वडा मध्ये ४ वटा वडा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। एउटा वडामा नेकपा एमाले विजयी भएको छ। माओवादी केन्द्रबाट वडा नं १ मा हिराबहादुर बुढामगर, वडा नं. २ मा अविलाशा रोकामगर, वडा नं. ३ मा जनक बुढामगर र वडा नं. ५ मा गोबर्धन घर्तीमगर वडाध्यक्षमा विजयी भएका छन्। थबाङ गाउँपालिका–४ मा भने एमालेका हिकमत घर्तीमगरको प्यानल विजयी भएका छन्। एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनबाट हिकमतको प्यानल एमालेबाट उम्मेदवार बनेका थिए।

माओवादी केन्द्रको गढ मानिने थबाङमा एमालेको वडाध्यक्षमा प्यानल विजय पहिलो हो। एमाले नेता नवीन रोकामगरको घर रहेको वडामै एमालेले जित हासिल गरेको हो। एमाले र माओवादी केन्द्र एकता पछि अदालतले आ–आफ्नो पार्टी कायम रहेको फैसला गरेपनि माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहित रोकामगर एमालेमै रहेका थिए। उनकै प्रभावका कारण थबाङ गाउँपालिका–४ मा एमालेका उम्मेदवार विजयी भएको बताईएको छ।

थबाङमा विप्लव नेतृत्वको नेकपाकोसमेत प्रभाव मानिन्छ। कहिले शून्य मतदान, कहिले बहिस्कार र कहिले सतप्रतिशत मत दिएर पंचायतदेखि चर्चामा रहिरहने थबाङ यस पटक पनि चर्चामै रह्यो। स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका रोकामगरलाई विप्लव नेतृत्वको नेकपा, एमाले र कांग्रेस गठबन्धनले समर्थन गरेपछि चर्चामै रहेको हो। तीन दलको समर्थन पाएका स्वतन्त्र र माओवादी केन्द्रको उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

२०७४ को स्थानीय तहको निर्वाचनमा थबाङ गाउँपालिकामा माओवादी केन्द्र नै विजयी भएको थियो। उतिबैला विप्लव नेतृत्वको नेकपाको स्वतन्त्र उम्मेदवारले १ नं. वडा जितेका थिए। वडा नं. १ मा यस पटक भने स्वतन्त्र उम्मेदवार थोरै मतले पराजय भए। यसपटक ४ नं. वडा एमालेले जितेको छ। २०७४ को निर्वाचनमा यहीँ वडा निवासी बीरबहादुर घर्ती माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष विजयी भएका थिए।

जिल्लाकै सानो भूगोल रहेको र कम जनसंख्या भएको गाउँपालिका थबाङ हो। साविकका गाविस थबाङ, मिरुल र उवा मिलाएर थबाङ गाउँपालिका वनाईएको हो। एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा गाउँपालिकाको परिणाम सार्वजनिक भएको यो पहिलो हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.