धनुषाको कमला-१ मा माओवादीका सर्वदेव यादव विजयी
जनकपुरधाम : धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको कमला नगरपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रले वडा जित्दै खाता खोलेको हो। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका वडा अध्यक्षका उम्मेदवार राजकुमार यादवभन्दा ४२६ मतान्तर सहित विजयी भए। जसपाका राजकुमार मात्र ५६५ मतमा सीमित हुन पुगे।
त्यसैगरी धनुषा जिल्ला हंसपुर नगरपालीका वार्ड नं. १ बाट जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्ष पदमाश्री रामदेव कापर विजय भएका छन्।