ओखलढुंगा : २३ वडाको परिणाम आउँदा १४ मा कांग्रेसका उम्मेदवार विजयी

ओखलढुंगा : २३ वडाको परिणाम आउँदा १४ मा कांग्रेसका उम्मेदवार विजयी

ओखलढुंगा : ओखलढुंगाका ८ स्थानीय तहमा मत गणना जारी रहँदा २३ वडाको मत परिणाम सार्वजनिक भएको छ। २३ वडाको परिणाम आउँदा १४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

 
नेकपा एमालेका ६ र माओवादी केन्द्रका २ जना वडाध्यक्ष विजयी भएका छन्। त्यस्तै जसपाका एक उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका हुन्। 

खिजीदेम्वा गाउँपालिकाको वडा नं. २, ३, ८ र ९ मा नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी हुँदा वडा नं. १ मा जनता समाजवादीका उम्मेदवार विजयी भए। 

मानेभञ्ज्याङको वडा नं. १, २, ७ र ८ मा नेपाली कांग्रेसले बाजी मार्दा वडा नं. ९ मा एमालेले जित हात पारेको छ। मोलुङ गाउँपालिकाको वडा नं. २ मा नेपाली कांग्रेस र ७ र ८ मा नेकपा एमालेले जित हात पारेको छ। त्यस्तै लिखु गाउँपालिकामा वडा नं. १ र ९ मा एमाले विजयी भएको छ। 

सुनकोसीको वडा नं १ र चम्पादेवीको वडा नं. ९ मा नेपाली कांग्रेस विजयी भएको छ। भने चिशंखुगढी-१ मा माओवादी केन्द्र र ८ नं वडामा नेकपा एमाले विजयी भएको छ। 

सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाको वडा नं. १, ११ र १२ मा नेपाली कांग्रेस र वडा नं २ मा माओवादी केन्द्र विजयी भएको छ। 

गणना गरिएका २३ मध्ये २०७४ सालमा जितेका ४ वडा गुमाएको छ। एमालेले गुमाएकामध्ये ३ नेपाली कांग्रेस र १ माओवादी केन्द्रले जितेको छ। मत गणना र मत परिणाम सार्वजनिक गर्न ठिलाइ हुँदा समयमा सूचना पाउन कठिन भएको सञ्चारकर्मीहरुको गुनासो छ। 

पालिकातर्फ चिशंखुगढीमा माओवादी केन्द्र र लिखुमा एमालेले अग्रता कायम गरेका छन् भने बाँकी छ पालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.