एमाले केन्द्रीय सचिव अर्यालका पति वडासदस्यमा पराजित
स्याङ्जा : नेकपा एमाले केन्द्रीय सचिव एवं पूर्वमन्त्री पदमा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन्।
वालिङ नगरपालिका-१ का वडा सदस्यका उम्मेदवार पौडेल उनका प्रतिस्पर्धीमा नेपाली कांग्रेसतर्फका सम्भव अर्यालसंग पराजित भएका हुन। पौडेलले ६ सय ४५ मत ल्याउदा अर्यालले १ हजार ११२ मत पाएका छन्।
वालिङ् नगरपालिका-१ मा नेपाली कांग्रेसतर्फका पदमराज गुरुङ्को प्यानल निर्वाचित भएपछि पौडेल बाहिरिएका हुन्।
गुरुङ्संगै महिला सदस्यमा खिमा काफले, दलित महिला सदस्यमा सीता विक र खुल्ला सदस्यमा संम्भव काफ्ले र शोभाकान्त निर्वाचित भएका हुन्।