मेन्छ्यायेम : अध्यक्ष र उपाध्यक्षमा पुरानै अनुहार

मेन्छ्यायेम : अध्यक्ष र उपाध्यक्षमा पुरानै अनुहार

तेह्रथुम : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र उपाध्यक्षमा गीतादेवी तिम्सीना दोहोरिएका छन्। २०७४ को निर्वाचनमा पनि फरकफरक दलबाट अध्यक्ष र उपाध्यक्ष जितेका खापुङ र तिम्सिनाले यसपटक पनि रोचक प्रतिस्पर्धाकाबीच विजयी भएका हुन्।

अध्यक्ष उम्मेदवार खापुङ नेकपा एमालेका उम्मेदवार हुन् भने उपाध्यक्ष तिम्सिना नेपाली कांग्रेसकी उम्मेदवार हुन्। यहाँ एमालेको उपाध्यक्ष उम्मेदवार र कांग्रेसका अध्यक्ष उम्मेदवार यसपटक पनि पराजित भएका छन्।

अध्यक्षमा निर्वाचित खापुङले २ हजार ५५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका धनकुमार लिम्बूलाई ३४ मतले पछि पार्दै खापुङले विजय हासिल गरेका हुन्। लिम्बूले २ हजार २१ मत प्राप्त गरेको निर्वाचन अधिकृत ध्रुव कार्कीले जानकारी दिए।

उपाध्यक्षमा तिम्सिनाले १ हजार ९ सय ८६ मत प्राप्त गरिन्। एमालेकी प्रेमलता घिमिरेले १ हजार ९ सय ७४ मतप्राप्त गरिन्। जिल्ला समन्वय समितिको निवर्तमान उपप्रमुख घिमिरे १२ मतले पराजित भइन्।

मेन्छ्यायेममा १, ४, ५, र ६ नम्बर वडामा एमाले विजयी भएको छ भने २ र ३ नम्वर वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.