पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै
पोखरा : पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको अद्यावधिक विवरणअनुसार अहिलेसम्म सत्तागठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्य पहिलो स्थानमा छन् ।
आचार्यले ११२१ मत प्राप्त गरेका छन् । दोस्रोमा एमालेका कृष्ण थापा छन् ।
उनले १ हजार ४० मत प्राप्त गरेका छन् ।