नवलपरासीमा हालसम्म १३ वडाध्यक्ष निर्वाचित

नवलपरासीमा हालसम्म १३ वडाध्यक्ष निर्वाचित

परासी : पश्चिम नवलपरासीमा आइतबार दिउँसोसम्म १३ वडाध्यक्ष निर्वाचित भएका छन्। निर्वाचित हुनेमा सुनवल नगरपालिकाबाट २ जना वडाध्यक्ष छन्। वडा नं. १ मा मनबहादुर थापा र वडा नं. २ मा राजेन्द्र यादव वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनीहरु दुवै एमालेका उम्मेदवार हुन्।

 
रामग्राम नगरपालिकाबाट ४ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा वडा नं. १ मा रुद्र प्रकाश उपाध्यक्ष(राप्रपा), वडा नं. २ मा निरज रौनियार(जसपा), वडा नं. ३ मा उज्ज्वल न्यौपाने(राप्रपा) र वडा नं. ४ मा मदन यादव(जसपा)वडाअध्यक्षमा निर्वाचित भएका छन्। 

बर्दघाट नगरपालिकाबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा वडा नं. १ मा सन्दिप सापकोटा र वडा नं. १६ मा भीमकाजी गुरुङ छन्। उनीहरु दुवै नेपाली कांग्रेसका उमेदवार हुन्। 

प्रतापपुर गाउँपालिकाबाट २ जना निर्वाचित भएका छन्। वडा नं. १ मा महेन्द्र बहादुर थारु (नेपाली कांग्रेस) र वडा नं. २ मा राम नरेश यादव (राप्रपा) वडाअध्यक्षमा निर्वाचित भएका हुन्। 

सरावल गाउँपालिकाबाट २ जना निर्वाचित भएका छन्। वडा नं. १ मा विस्नु प्रसाद भट्टराई(एमाले) र वडा नं. ७ मा ह्यात खाँ धुनिया(राप्रपा) वडाअध्यक्षमा निर्वाचित भएका हुन्।
 
पाल्हीनन्दन गाउँपालिकाबाट १ जना निर्वाचित भएका छन्। वडा नं. १ मा चुल्हाई प्रसाद यादव(नेपाली कांग्रेस) वडाध्यक्षमा निर्वाचित भएका हुन्।
 
सुस्ता गाउँपालिकामा शनिबार बिहानबाट मत गणना भएपनि कुनै वडाको परिणाम आउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.