पराजय भोगेका उम्मेदवार विजेतासँगै विजयी र्‍यालीमा

पराजय भोगेका उम्मेदवार विजेतासँगै विजयी र्‍यालीमा

प्यूठान : झिमरुक गाउँपालिका-१ मा विजयी एमालेका धुर्वराज खनालसहितको विजयी र्‍याली प्रतिस्पर्धी रामबहादुर जिसीको घरमा पुग्यो। वडाध्यक्ष जितेर घर अगाडि विजयी र्‍यालीमा आइपुगेका खनालसहितको टोलीलाई संगै चुनाव लडेका जिसीले अबिर र माला लगाएर बधाई दिए। जिसीले चुनावमा हारजित स्वभाविक प्रक्रिया भएपनि खनालको जित जनताको जित भएको प्रतिक्रिया दिए। 

उनले अबिर लगाएर बधाई मात्र दिएनन्, झण्डै आधा घण्टासँगै विजयी र्‍यालीमा सहभागी भए। उनले वडाको विकास निर्माणमा विजयी भएका जनप्रतिनिधीलाई आफूले रचनात्मक साथ दिनेसमेत सुनाए। सँगै हात जोडेर दुवैजना र्‍यालीमा गाउँ डुलेपछि धेरैले त्यसलाई सकरात्मक रुपमा लिए। 

आइतबार बिहान सकिएको मतगणना अनुसार एमालेका खनालले १ हजार ९ मत र राष्ट्रिय जनमोर्चाका जिसीले ६ सय १९ मत लिएका छन्। उनीहरुबीचको मतान्तर ३ सय ९० भएको छ। खनाल यसअघि पनि वडध्यक्ष थिए। जिसी गाउँकै अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक र खनाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।

विजयी र्‍यालीपछि तीन जिल्लाको संगमस्थल सौतामारे छेडामा आयोजित कोणसभामा बोल्दै एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले प्रतिस्पर्धी जिसीले पराजय भएपनि संस्कारयूक्त राजनीति देखाएकोप्रति प्रशंसा गरे।

जिसीले नेता थापालाईसमेत पढाएका हुन्। राजनीतिलाई प्रतिसोधको रुपमा मात्र लिन नहुने थापाको भनाई थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.