टिकट नपाएपछि कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी, अहिले कांग्रेसलाई नै पराजित गरे

टिकट नपाएपछि कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी, अहिले कांग्रेसलाई नै पराजित गरे

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का बिजयी भएका छन्।

खड्का ४६९ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेस उम्मेदवार रोशन कठायतले ४१५ मत ल्याएर दोस्रो भएका छन्। त्यसैगरी एमालेका उम्मेदवार लाल बहादुर कठायत २०९ ल्याइ तेस्रो भएका छन्।

वडाध्यक्षमा विजयी भएका खड्का २०७४ सालको निर्वाचनमा समेत कांग्रेसको तर्फबाट अध्यक्षमा विजयी भएका थिए। यस चुनावमा उनले कांग्रेसबाट अध्यक्षको टिकट नपाएपछि स्वतन्त्रबाट उठेका थिए। आफू जित्ने निश्चित देखेपछि स्वतन्त्रबाट उठेको उनले बताउँदै आएका थिए।

डोटीका दुईवटै नगरमा कांग्रेसको अग्रता

डोटीका दुईवटै नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ। सुरुदेखिनै अग्रता लिएको कांग्रेसले फराकिलो मत अन्तरका साथ अगाडि रहेको छ। पछिल्लो मत परिणामअनुसार दिपायल सिलगढी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार बाजि सिं खड्का ‘विजय’ले २०९८ मत ल्याएका छन् भने एमाले उम्मेदवार लक्ष्मण मलासीले ६४२ मत ल्याएका छन्।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार कल्पना साउदले १५८२ मत ल्याएकी छन् भने नेकपा एमालेकी उम्मेदवार रुपा कठायतले ९८१ मत ल्याएकी छन्। दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा भने यसअघिनै नेपाली कांग्रेसका कृष्ण बहादुर साउदले ८८८ मत ल्याएर बिजयी भएका थिए। अन्य वडाको मत गणना हुन भने बाँकीनै रहेको छ।

उता शिखर नगरपालिकामा समेत नेपाली कांग्रसले अग्रता लिएको छ। नगरपालिकाको वडा नम्बर १ र ११ को मतपरिणाम आइसक्दा सम्म नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीर्घ बहादुर बलायरले १६१९ मत ल्याएका छन् भने नेकपा एमालेका मेयरका उम्मेदवार भिम बहादुर बलायरले ९३६ मत ल्याएका छन्।

त्यसैगरी उपमेयरका नेपाली कांग्रेसका उम्मेदवार सुनिता रावल जोराले १६४१ मत ल्याएकी छन् भने नेकपा एमालेका उपमेयरका उम्मेदवार लक्ष्मी मल्लले ९४९ मत ल्याएकी छन्। शिखर नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपक बहादुर बोगटी ८०१ मत ल्याएर बिजयी भएका छन् भने वडा नम्बर ११ को वडा अध्यक्षमा समेत नेपाली कांग्रेसकै कर्णबहादुर बिष्ट ८५७ मत ल्याएर बिजयी भएका हुन्।

अधिकांश पालिकामा कांग्रेसको अग्रता

डोटीका अन्य पालिकामा पनि मतगणना जारी रहेको छ। हालसम्म अधिकांश पालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। अन्य चार पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने दुईवटा पालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ।

जिल्लाका पूर्बीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, केआईसिंह गाउँपालिका र सायल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

डोटीको बडीकेदार गाउँपालिकामा भने नेपाली कांग्रेसको तर्फका अध्यक्ष र उपाध्यक्षमा बिजयी भइसकेका छन्। नेपाली कांग्रेसका भैरब बहादुर साउदले अध्यक्षमा र डम्मरी कुमारी बिष्ट उपाध्यक्षमा बिजयी भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.