रसुवाको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित
रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेस निर्वाचित भएको छ । अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले १३४५ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नविना लामाले १२२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए ।
प्रतिक्रिया दिनुहोस !
५