जनकपुरधाममा स्वतन्त्र पहिलो, गठबन्धन पुच्छारमा
जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार शीर्ष स्थानमा रहेका छन्। सत्ता गठबन्धनका उम्मेदवारको भने नाजुक अवस्था छ। पाँच दलीय सत्तारुढ गठबन्धन दलको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका लालकिशोर साहको मत परिणाम अनुसार उनी पाँचौं नम्बरमा छन्।
२०७४ सालको निर्वाचनमा बहुमतका साथ विजयी भएका लालकिशोर साह अहिले पाँचौं स्थान उक्लिने प्रयास गरिरहेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (हाल जसपा) बाट झण्डै दोब्बर मतले विजयी भएका थिए तर यसवर्षमा उनलाई साख बचाउन समेत धौ–धौ परेको छ।
गत निर्वाचनमा २१ हजार ९०३ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरे। उनै प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज कुमार साहले वागी बनेर निर्वाचनमा भाग लिदा अग्र स्थानमा रहदा लालकिशोर साह भने पाँचौं स्थानमा छन्। मनोज साहले २६३६ मत ल्याउँदा सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले २६५ मत ल्याएर पुच्छारमा रहेको छ।
यसैगरी सत्तारुढ गठबन्धनका उप–मेयर उम्मेदवार किशोरी साह भने पहिलो स्थानमा छ। एमालेप्रति वितृष्णा जागेको जनकपुरमा भने यसपटक दोस्रो स्थानमा छ। एमालेका मेयर पदका उम्मेदवार शिवशंकर साह (हिरा) मनोज साहलाई पछ्याईरहेका छन्। २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि नेपाली कांग्रेसका वागी उम्मेदवारले नै जनकपुरको मेयरमा जित हात पारेको थियो। २०४९ सालमा समेत नगरपालिकामा कांग्रेसका वागी उम्मेदवार वृषेशचन्द्र लाल मेयर पदमा स्वतन्त्रबाट निर्वाचित भएका थिए।
लालले कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए। सो चुनावमा कांग्रेसका वागी उम्मेदवार लालकिशोर साह उपमेयरमा निर्वाचित भएका थिए। उनै साह अहिले मधेस आन्दोलनको जगमा उभिएको पार्टीबाट २० वर्षपछिको स्थानीय तहको निर्वाचनमा जनकपुर उप–महानगरपालिकाको मेयरमा निर्वाचित भएपनि अहिले उनलाई आफ्नो धरातल बचाउन समेत धौ–धौ भइरहेको छ।
अहिलेको परिणामअनुसार नेपाली कांग्रेसबाट बागी भएर स्वतन्त्र उमेदवारी दिएका मनोजकुमार साह १५८७ मतले अघि देखिएका छन्। साहले १९१८ मत ल्याउँदा एमालेका शिवशंकर साह (हीरा)ले ९१८ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उमेदवार बलराम महतोले ६६२, लोकतान्त्रिक समावादी पार्टी (लोसपा)का मनोज चौधरीले ३११ र जनता समाजवादी पार्टी (जसपा)बाट गठबन्धनको उम्मेदवार लालकिशोर साहले २४५ मत मात्र प्राप्त गरेका छन्।