प्यूठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका खड्का र उपाध्यमा कांग्रेसका श्रेष्ठ विजयी
मल्लरानी (प्यूठान) : प्यूठान सदरमुकाम खलंगामा रहेको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण बहादुर खड्का विजयी भएका छन् ।
खड्काले ३ हजार २ सय ३८ र प्रतिस्पर्धी एमालेका शिवराज श्रेष्ठले २ हजार ८ सय २ मत लिएका छन् ।
उनीहरुबीचको मतान्तर ४ सय ३६ मात्र भएको छ । विजयी भएका खड्का राजमो प्यूठानका अध्यक्ष समेत हुन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका रमेश कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ३ हजार ७० मत लिए भने प्रतिस्पर्धी एमालेकी ईश्वरा आचार्यले २ हजार ८ सय मत लिएकी छन् ।
उनीहरुबीचको मतान्तर २ सय ७० मात्र छ । विजयी भएका श्रेष्ठ खलंगा निवासी हुन् ।
गैर सरकारी संस्था महासंघ प्यूठानका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ हाल कांग्रेसको मल्लरानी गाउँपालिका सभापति हुन् ।