बुद्धको जन्मभूमिमा मोदी
नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धको यो २५६६औं जन्मजयन्ती हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौं पटकको नेपाल भ्रमणको क्रममा सोमबार लुम्बिनी आउँदैछन्। मूलतः विश्वले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ। जुन भूमिबाट गौतम बुद्धले विश्व–शान्तिका लागि अभियान प्रारम्भ गरेका थिए तर त्यही भूमिमा आज शान्तिको न्युन आभाष छ। बुद्धले भनेका थिए, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ। राम्रो काम गर्न मानिसको जन्म भएको हो। अन्यथा पशुपन्छीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र ? मानिसलाई ईश्वरले राम्रो कामका लागि धर्र्तीमा पठाएका हुन्।’
राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो। जगत्को कल्याण एवं सुख प्राप्ति केबल अंहिसाबाट मात्र सम्भव छ। समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ। यसरी सत्य वैशाख पूर्णिमा वास्तवमै पावन दिन हो। जुन दिन महामानव गौतम बुद्धका जन्म, बोधिज्ञान प्राप्त र महापरिनिर्वाण भएको थियो। यसरी तिनै योग एकै दिनमा परेका संसारमा विरलै पाइन्छन्। बुद्धले यस तपोभूमिको कुशीनगरलाई ८० वर्षको उमेरमा छोडेर गए। शान्तिका अग्रदूत भगवान्् गौतम बुद्ध भन्छन्– ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ।’ उनले आफ्नो जीवनसित सम्बन्धित चार घाम– बुद्धिनाथ, रामेश्वर द्वारका र जगन्नाथ बौद्ध पावनस्थल लुम्बिनी, बोधगया, ऋषिपटन र कुशीनगर छन्।
राष्ट्रलाई अक्षुष्ण बनाई राख्नु छ भने पावनस्थलहरूको मनसा, कर्मणा आदर गरिनु नितान्त जरुरी छ। बुद्धको ज्ञानबाट प्राप्त पाठ यस्ता छन्– संसारमा दुःखले भरिएको छ, दुःखनै कारण भएको छ, दुःखलाई निर्वाहन गर्नुपर्छ, दुःखलाई निर्वाहन गर्ने उपाय के हुन् ? यसर्थ जगत्को कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र सम्भव छ। समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ। हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरे तापनि अन्ततः त्यसको फल कष्टप्रद नै हुन्छ। ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ। अतः अहिंसा र संयमको अर्थ नै धर्म हो। ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ। त्यसैले कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु भनिएको हो।
मोदीले नेपालका सन्दर्भमा दिने गरेको आत्मीय अभिव्यक्ति केवल देखावटी मात्रै हो कि वा उनी वैदिक सनातन धर्मसंस्कृतिको उन्नतिका लागि गम्भीर छन् ? भन्ने यथार्थता लुम्बिनी भ्रमणपछि थप उजागर हुनेछ। गौतम बुद्धको सन्देशहरूले फेरि पनि मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा दिन्छन्। मानव समुदाय भने बुद्धबाट झन्झन् टाढिँदै गइरहेको झैं लाग्छ। फलतः अशिक्षा, गरिबी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दी अगाडि सिद्धार्थ गौतमले प्रस्तुत गरेका विचारहरू वर्तमान समस्या समाधान निम्ति अचूक मन्त्र बन्न सक्छन्। तर तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको
योगदानलाई सीमित गरिएको प्रतीक हुन्छ।
ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ। अतः अहिंसा र सत्यको अर्थ नै धर्म हो। ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ। यदि हामीले सबै रिस राग, हिंसालाई त्यागेर मनमा शान्ति लिने हो भने हामीलाई अवश्य पनि सुख प्राप्ति हुनेछ। बुद्धका यस्ता गहकिला उपदेशहरू शताब्दीयौं शताब्दीसम्म पनि ताजा नै रहनेछन्। उनले दिएका त्यस्ता उपदेश मानव कल्याणका लागि सधैं उपयोगी सावित हुनेछन्। संसारमा दुःख हुन स्वाभाविकै भएजस्तै दुःखको कारण हुनु पनि स्वाभाविक हो। दुःख निरोधको उपाय खोज्न शान्तिप्रेमी गौतम बुद्ध सधैं लागि नै रहे। उनका विचारहरू समयकालको सीमामा सीमित हुँदैनन्। उनका विचारहरू सर्वव्यापी छन्।
अन्तमा, आजको विश्व कहालिलाग्दो चपेटामा भासिन पुगेको छ। बुद्धले दिएको ज्ञानलाई शिरोधार्य गर्ने हो भने पूरा विश्व नै सुन्दर नगरी शान्ति क्षेत्र बन्ने कुरामा कसैको पनि दुईमत नहोला। बुद्धपूर्णिमा (बुद्ध जन्मजयन्ती) का अवसरमा मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु नेपालका लागि पनि हितकर छ। नेपाल र भारत अनादिकालदेखि नै घनिष्ट र एक असल छिमेकी हुन्। यो भावना र मर्ममा कसैले पनि स्वार्थ नमिसाएर काम गरे दुवै देशलाई हित हुनेछ। नेपाल र भारत, आकार र जनसंख्या, अर्थतन्त्र र प्रविधिमा ठूलो भिन्नता भए पनि, तिनीहरूको संस्कृति, परम्परा र दर्शनले एकताबद्ध छन्। मोदीलाई यसपटक लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि अभिनन्दन गर्नेछ। मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सुशोभित गर्ने भएको छ। नेपालका विश्वविद्यालयबाट यो स्तरको सम्मान प्राप्त गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन्।
अतः लुम्बिनी बौद्ध विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि प्राप्त गर्न लागेका प्रधानमन्त्री पहिलो विदेशी नागरिक हुन्। मोदीको लुम्बिनी भ्रमण नेपालका लागि झन् फलदायी हुने विश्वास गरिएको छ। लुम्बिनी विश्वकै बौद्धधर्मावलम्बीको आस्थाको केन्द्र हो, कसैको सम्पत्ति होइन। यसर्थ, लुम्बिनी बगैंचामा भगवान् बुद्धको जन्मको कथा असाधारण तथा सुन्दरसमेत छ। यसमा पनि उत्तिकै उल्लेखनीय र स्मरणीय उहाँका
शिक्षा छन्। उहाँका शिक्षा, सत्यको खोजी, जीवन र मृत्युको अर्थले बुद्धलाई ठूलो आध्यात्मिक प्रेरणा र शक्तिको स्रोत बनाएको छ।