म्याग्दीको मंगलामा एमाले विजयी

म्याग्दीको मंगलामा एमाले विजयी

बेनी : म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेद्वार विजयी भएका छन्। 

अध्यक्षमा सतप्रसाद रोकाले तीन हजार ९६८ र उपाध्यक्षमा प्रेमकुमारी अधिकारी (पेमा)ले चार हजार २६१ ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रोका र अधिकारी नेकपा एमालेका उमेद्वार हुन्।  

रोका दोस्रो कार्यकालको लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा नेपाली कांग्रेसका बिरेन्द्र बुढाथोकीले दुई हजार ८०५ र नेकपा माओवादी केन्द्रका टेकबहादुर वि.क.)ले एक हजार ५२१ मत पाएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए।  

उपाध्यक्षमा नेपाली कांग्रेसका सर्मिला थापाले दुई हजार ५९५ र नेकपा माओवादी केन्द्रका सुकमाया रोकाले एक हजार ३७३ मत पाउनुभएको छ। १३ हजार ४१६ मतदाता रहेको मंगला गाउँपालिकामा ६५.७२ प्रतिशत अथवा आठ हजार ८१७ मत खसेको छ। 

पाँच वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उमेद्वार प्रतिस्पर्धामा रहेका थियो। तीन वटा वडामा एमाले, कांग्रेस र माओवादीले एक÷एक वटा वडामा जितेका छन्। 

मंगला गाउँपालिकाको १ मा एमालेका एकजित रोका, २ मा एमालेका धनबहादुर खाती क्षेत्री, ३ मा माओवादीका याम रोका, ४ मा कांग्रेसका लालबहादुर रोका र ५ मा एमालेका भुपेन्द्र खत्री क्षेत्री वडा अध्यक्षमा विजयी भएका छन्।  

म्याग्दीको ६ वटा मध्य तीन वटा स्थानीय तह र ३३ वटा वडाको मतगणना सकिएको छ। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन्।  

रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन्। मतपरिणाम सार्वजनिक भएका ३३ वटा वडा मध्य एमालेले १५, कांग्रेसले १२ र माओवादीले ५ वटा वडामा जित हाँसिल गरेका छन्। अव १२वटा वडा र तीन वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.