रसुवाको उत्तरगया–४ मा दुवै निर्वाचनमा ५०४ मतले विजयी
रसुवा : रसुवाको उत्तरगया गाउँपालिका-४ मा ५०४ मत ल्याएर नेपाली कांग्रेसका अमरबहादुर बुलुन विजयी भएका छन्। उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका केशरबहादुर बुलुनले ४ सय ९३ मत ल्याए।
उक्त वडामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेका केशरबहादुर बुलुनले ५०४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरि बहादुर थिङले २ सय ४३ मत ल्याएका थिए। यसपटकको निर्वाचनमा फरक पार्टीले जिते पनि अंक एउटै आएको हो।
मतपरिणाम अनुसार नेपाली कांग्रेसका बुलुनले वडाध्यक्षमा विजयी हासिल गरे भने वडा सदस्यमा एमालेका बासुदेव न्यौपाने, महिला सदस्यमा कांग्रेसकी सुमित्रा पौडेल तथा दलित महिला सदस्यमा एमालेकी पुतली विश्वकर्माले विजयी हासिल गरिन्।