अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

अछाम : अछामको ढकारी गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ्न्।

नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर साउँद ३ हजार १८१ मतले विजयी भएका हुन् ।

 उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २ हजार ५५५ मत प्राप्त गरेका छन् ।

 उपाध्यक्ष पनि नेपाली कांग्रेसका नेत्रकलादेवी शाही विजयी भएकी छन्  । उनले ३ हजार १ सय मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मायादेवी बुढाले २ हजार ५७३ मत प्रात गरेकी छिन् । 

८ वडा रहेको ढकारीमा ४ कांग्रेस,२ नेकपा एमाले र २ समाजवादीले जितेकोछ । 

वडा नं १ कांग्रेसका उमाबहादुर बुढा ,वडा नं २ मा एमालेका चन्द्रबहादुर साउद, वडा नं ३ कांग्रेसका चन्द्रबहादुर बुढा,वडा नं ४ समाजवादीका पहलवान थापा,वडा नं ५ कांग्रेसका कर्णबहादुर साउद ,वडा नं ६ मा समाजवादीका प्रकाश थापा, वडा नं ७ मा एमालेका रामबहादुर थापा र वडा नं ८ मा कांग्रेसका उद्धवराज उपाध्याय विजयी भएका छ्न् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.